जापान जाने क्रममा मलेसियामा अलपत्र परेका स्वदेश ३६ जना फर्किए, २ जना जापान गए

समाचार

दोहा – नेपालबाट मलेसिया ट्रान्जिट हुँदै जापान जाने क्रममा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र ३६ जना स्वदेश फर्किएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्किएको र अन्य २ जना दूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।उनीहरु नेपालबाट मलेसिया हुँदै जापानको तर जापान सरकारको को-भि’ड सम्बन्धी नियमहरूको प्रक्रिया पुरा नगरेको भन्दै उनीहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेपछि दूतावासले उद्धार गरेको हो ।

अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न गराउन सहयोग गर्ने निकाय नेपाल सरकारका, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली दूतावास र मलेसियास्थित जापानी दूतावासलाई नेपाली दूतावास मलेसियाले धन्यवाद व्यक्त गरेको छ ।

साथै,साथै मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सम्पूर्णलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरूको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइन +६०१६२४७२७७७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *