आहा ! टिक-टकमा भाइरल बिदेशी श्रीमानसँगै नेपाली चेलीले यसरी मनाइन दशैं (हेर्नुस् भिडियो सहित )

समाचार

हिन्दु धर्म र नेपालि संस्कृति अवलम्बन गर्ने मानुभावहरुमा दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा एकदमै खास पर्व हो । दशै आउनासाथ सहरबाट गाउँ जाने र मिठोमसिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ ।

उक्त चाड स्वदेशमा मात्रै नभइ बिश्वभरि छरिएर बसेका नेपाली दाजुभाइ तथा दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् । एलिसा कुनुवर जो नेपालकि चेलि हुन र घानाका एक नागरिक जो बिवाह सम्बन्धमा बाधिएसगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै मनाएका छन् ।

नेपाली पोसाक र साडिमा उक्त जोडि देखिएका थिए ।नेपाली मात्रै नभइ बिदेशीले समेत यसरी हाम्रो माटोको पर्वलाई मनाएको र उत्तिकै महत्त्व दिएको देख्दा एकदमै खुसि लाग्ने रहेछ । बेलाबेला बिदेशिले नेपाली गित गाउनु नेपाली भाषा बोल्नु र यसरी नेपाली पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएका भिडियो र कथाहरु बेलाबेला चर्चामा आएकै हुन् ।भिडियो

यो पनि पढ्नुहोस –राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन (साफ) ले नियम विपरीत नेपाली फुटबलमाथि अन्याय गरेको बताएका छन् ।

साफ च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा आफूलाई टचलाइनमा जान नपाउनेगरी प्रतिबन्ध लगाउने साफको निर्णय आफ्नै नियमावली विपरीत रहेको र त्यसले आफूलाई मात्र नभई नेपाली फुटबललाई नै अन्याय गरेको उनको भनाइ छ । साफले प्रतियोगिताको नियमावली मिचेर आफूलाई प्रतिबन्ध गरेको उनको भनाइ छ ।

‘साफले अन्याय गरेको छ । व्यक्तिगत रिसइवीको कारण साफले कारबाही गरेको लाग्छ,’ भर्चुअल प्रेस कन्फरेन्समा उनले भने, ‘साफले आफ्नो नियमलाई पालना गरेन । मलाई कारबाही गर्न नियम परिवर्तन गर्‍यो । यो मलाई नभएर नेपाली फुटबलमाथिको कारबाही हो ।’

प्रशिक्षक अल्मुताइरीले नेपाललाई उपाधि जित्नबाट वञ्चित गर्न यसो गरिएको समेत आरोप लगाए । ‘मलाई लाग्छ उनीहरू नेपालले जितेको हेर्न चाहँदैनन् र यो समस्या सिर्जना गरेका हुन्’ उनले भनेका छन्, ‘ यो मलाई ब्यक्तिगत रुपमा नभएर नेपालको मूख्य प्रशिक्षकलाई गरिएको कारबाही हो । जुन साफकै कानून विपिरत छ ।’

उनले नेपालले उपाधि जित्नका लागि खेल्ने पनि बताएका छन् ।प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपिल गर्ने अल्मुताइरीको भनाइ छ ।प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलङ्का र बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका थिए ।

जसको कारण देखाउँदै साफले फाइनलमा उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिएको थियो । जसअनुसार अल्मुताइरीले फाइनल खेलमा टच लाइनमा जान पाउने छैनन् ।साफको नियमावलीमा भने फरक खेलमा पहेँलो कार्ड पाएका खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छ ।

पदाधिकारीले एकै खेलमा रातो कार्ड पाएमा भने प्रतिबन्ध ब्यहोर्नुपर्नेछ । जसअनुसार मालदिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका प्रशिक्षक इगोर स्टिमाच पनि टच लाइनमा हुने छैनन् ।साफको फाइनलमा नेपाल आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजेपछि शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *