नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलबाट हा’मफालेर आत्मह,’त्या गर्न खोज्ने युवकको उद्धार

समाचार

काठमाडौंको नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलबाट हा’म फा’लेर आत्मह,’त्याको प्रयास गर्ने एक युवकको उद्धार गरिएको छ। सोमबार साँझ ८ बजे ती युवक पुलमा चढेर हा’म फाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयले हाम फाल्नबाट रोकेका थिए। प्रहरीले उनको करिब साढे ८ बजे उद्धार गरेको छ। पुलको माथिल्लो भागमा चढेका ती व्यक्ति तीनकुने क्षेत्रतिर मुख फर्काएर बसेका थिए। प्रहरीले पुलमुनि भएर गुड्ने गाडीलाई परै रोकेको थियो भने एउटा लामो खाले ट्रक पुल मुनि मुख्य सडकको दायाँ बायाँ हुने गरि खडा गरिएको थियो।

केही प्रहरी पुलमाथि चढेर युवकलाई ओ’र्लन आग्रह गरेका थिए तर, ती व्यक्ति हा’म फा’ल्ने बताइरहेका थिए। एक जना प्रहरी पुलको माथिल्लो भागमा चढेपछि भने युवक ओ’र्लने प्रयासमा अ’त्तालिएर पुलमा ब’जारिएका थिए। युवकलाई प्रहरीले अ’र्धचेत अवस्थामा सिभिल अस्पताल पुर्याएको छ।

उनकाे परिचय खुलेको छैन। प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति म’दिरा सेव’न गरेर ८ बज्नु अघि नै पुलको माथिल्लो भागमा चढेका थिए। उनको हातमा च’क्कुसमेत थियो। युवकको उद्धार गर्ने प्रयासमा माइतीघर–तीनकुने सडक केहीबेर अ’वरुद्ध भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *