श्रीमानले बाटो कुरिरहेका थिए ,अमेरिका जाने तयारी गर्दै थिइन तर दशैंको मुखमा घट्यो यस्तो घ’टना ( भिडियो सहित हेर्नुहोस )

समाचार

रुपन्देहीमा फेरी एक सोच्ने नसकिने घ’टना घटेको छ। जहाँ रुपन्देही धबाहामा अनिता को घर पर्दछ। अनिताले आफ्नो घर नजिकै सुमन खनाल संग २ बर्ष अघि मात्र मागी बिबाह गरेकी हुन्। बिबाह पछि उनको श्रीमान अमेरिका बस्ने भएको हुनाले उनि पनि आज को दिनमै अमेरिका जादै थिइन्। धेरै बर्ष पछि श्रीमान संग भेट्न पाउदा दुवैजना नै खुशी थिए। अमेरिका जाने तयारी गर्दै गर्दा अनिता आफ्नो कोठामा झु’न्डिए’को अवस्थामा फे’ला परिन।

असोज 23 गते शनिवार, अथार्त आज कै दिन ९ बजे अनिताको अमेरिका जाने फलाईट थियो । श्रीमान अमेरिका भएका कारण उनकै साथ बस्नकालागि अनिताले अमेरिका जाने भिसा लगाएकी थिईन् । उता अमेरिकामा श्रीमान सुमनले श्रीमतीलाई स्वागत गर्नकालागि तयारी सुरू गरिरहेका थिए र यता पनि अनितालाई बिदाईको उस्तै तयारी चलिरहेको थियो । घरमा बिदाईकोलागि साईतको टिका मुछिएको थियो। माईती घर पसेर अनिता बुवा सगँ मनकामना मन्दिर दर्शन गरेर अमेरिका जाने तालिका मिलाईएको थियो।

छोरीको प्रतिक्षामा माईतीहरू बसिरहेका थिए तयारी अन्तिम हुदै थियो त्यतिकैमा छोरीको घरबाट एउटा फोन आयो जसकोकारण माईतीमा रूवाबासी चल्न थाल्यो। माईती पक्ष आत्तालिदै छोरीको घर पुग्दा छोरी अनिता आफ्नै कोठो भित्र झु’ण्डिरहेकी हुन्छिन। घ’टना यहि असोज २० गते बुधवार दिउसो झण्डै २ बजे तिरको हो । अनिताको नोट लेख्ने बानि रहेछ जुन नोट हामिले फेला पारेकाछौँ जसमा उनले घरमा भोगेका कुराहरू सबै लेखेकीछन् ।

समग्रमा उनले लेखेको कुराहरूबाट यो बुझ्न सकिन्छ कि घर परिवारबाट उनले माया पाउन सकेकिछैनन्। श्रीमानले माया गरेपनि सासु र देवरले उनलाई टचर दिने, दाईजो देखि लिएर पैसा र सुनका बिषयमा सासुले यातना दिने जस्ता कुराहरू उनले नोटमा लेखेकिछन्। अनिता रेग्मीको २ वर्ष ८ महिना अघि सुमन खनालसगँ माघि बिवाह भएको थियो , बिहे भएको १ महिना पछि सुमन अमेरिका गएका थिए।

दिउँसो घर आएर नै कुरा गर्छु है बुबा ।’ गत बुधबार अर्थात् असोज २० गते बिहान करिब साढे ७ बजेतिर बाबु रामचन्द्रसँगको केही समय भेट्दा अनिता रेग्मीले भनेकी थिइन्। केही दिनअघि माइतीघरमा आएकी छोरीले दराजको साँचो छोडेपछि बिहान नै साँचो पुर्‍याउन रामचन्द्र छोरीको घर नजिकै पुगेका थिए।

२० मिनेटजति मोटरसाइकलको यात्रा गरेर बाबुले बुटवल उपमहानगरपालिका–१३ स्थित ढावहलवामा छोरी अनिताको घर नजिकै पुगेर साँचो दिए। तर, उनी छोरीको घरमा भने गएनन्। छोरीसँग दिउँसो भेट्ने आशामा उनी त्यहीबाटै फर्किए। दिउँसो छोरीसँग भेटघाट हुनेमा विश्वस्त थिए, उनी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *