मानिस पा’सो लगाएर म’रेको डोरी महंगोमा बिक्छ भनेर डोरीकै लागि मान्छे मा’रि`यो

समाचार

काठमाडौं। मानिस पा’सो लगाएर म’रेको डोरीको मूल्य करोडौं रुपैयाँ पर्छ भन्ने सुनेका आधारमा सोही डोरी हात पार्नको लागि आफैंले डोरीले घाँ`टी क`सेर महिलाको ह`त्या गर्नेहरु पक्रा`उ परेका छन् ।

ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षकी कमला तामाङको ह`त्या अभियोगमा ३ जना पक्रा`उ परेका छन् । पक्रा`उ परेका ती नजन १८ वर्ष, २१ वर्ष र २३ वर्षका छन् ।गएको भदौ २५ गते बिहान नुवाकोटको बेलकोट गढी–९ घर भइ ललितपुरको सुनाकोठी बस्दै आएकी कमला तामाङको डोरीले घाँटी बसेर ह`त्या भएको थियो ।

ह`त्याको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त चा`पागाउँ र महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले मोरङको पथरी शनिश्चरे–८ घर भइ ललितपुरको हरिसिद्ध बस्ने २० वर्षका सुमन मग`रलाई हरि सिद्धि बाटै बिहीबार प`क्रा`उ गरेको थियो ।उनको प्रारम्भिक बयानका आधारमा घट`नाका अन्य २ अभियुक्तहरुलाई पनि पक्रा`उ गरिएको हो ।

घ`टनामा संलग्न मगवानपुरको रा क्सिराङ गाउँपालिका ५ घर भइ हरि सिद्धमै बस्ने २३ वर्षका सविन प्रजा र उनकी श्रीमती १८ वर्षकी प्रविना प्रजा माझीलाई शुक्रबार मकवानपुरको मनहरीबाट प`क्रा`उ गरिएको थियो । अनुसन्धानका क्रममा अभियुक्तहरुले बताएअनुसार

सविन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपूर्ण हुने र करोडौं रुपैंयामा बिक्री हुने भन्ने कुराहरू सुनेकोले ती वस्तुहरु हासिल गर्न चाहेका थिए ।

उनीहरु अन्धविश्वासमा परेर त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले यो हत्या गरेका थिए ।कमला तामाङसँग सुमन मगरको पहिले देखिकै चिनजान र अवैध स`म्बन्ध समेत हुने गरेको थियो । उनी टहरामा एक्लै बस्ने गरेकी थिइन् । उनीहरु भदौ २४ गते साँझ कमलाकै टहरामा गएर खानपिन र मा,`दक पदार्थ से,’वन गरेका थिए ।

त्यसपछि सुत्ने क्रममा मृ`तकको हात बाँ,’धेर घाँटीमा डोरीले कसी ह`त्या गरेका थिए । ह`त्या गरिसकेपछि मृ`तकको कानमा लगाएको गहना र मोबाइल समेत लु,`टेर फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *