दक्षिण कोरियामा यौ’न दु’र्व्यवहारपछि महिला सैन्य अधिकारीद्वारा आ’त्मह’त्या, १५ जना आरोपित

अन्तरास्ट्रिय

काठमाडौं । दक्षिण कोरियामा आफूमाथि स’मकक्षीले यौ’न दु’र्व्यवहार गरेको आरोप लगाउने एक महिला एयर फो’र्स अधिकारीले आ’त्मह’त्या गरेपछि १५ जनामाथि मु’द्दा चलाइएको छ ।

यो घटना लुकाउन खोज्ने दर्जनौं एयर फोर्सका अधिकारीहरूमाथि अनुशासनको कारबाही पनि गरिने भएको छ । यस घटनाले गत जुन महिनामा ठूलो हं’गामा मच्चिएको थियो ।गत मार्चमा एयरफोर्स मास्टर सार्जेन्ट रहेकी ती महिलालाई सै’न्य बेसमा आयोजित एक डिनर मिटिङबाट

घर फर्कने क्रममा कारमा पुरुष समकक्षीले यौ’न दु’र्व्यवहार गरेको आरोप थियो । उनले यो घटना आफ्ना सिनियर अधिकारीहरुलाई रिपोर्ट गरे पनि अनुसन्धानमा उनीहरुले त्यो घटनालाई लुकाउन खोजेर सहमति गर्न बा’ध्य पारिएको खुलासा भएको थियो । उनले मेमा आ’त्मह’त्या गरेकी थिइन् ।

राष्ट्रपति मुन जेले घटनामा माफी माग्दै चिफ अफ स्टाफ जेनेर लि स्योङ योङको राजीनामा स्वीकृत गरेका थिए । योङले आफ्ना महिला अफिसरको मृ’त्युमा ‘ग’हिरो जिम्मेवारी’ लिँदै राजीनामा दिएको बताएका थिए । यो घटनामा गत जुनमा एक पुरुष सा’र्जेन्टलाई पक्राउ गरिएको थियो तर हाल का’नुनी कारबाही चलिरहेको छ ।

अर्को घटनामा एक तेस्रो लिंगी सैनिकमाथि गै’रकानुनी रुपमा भे’दभाव गरेको कारण ज’बरज’स्ती सेवा छाड्न बा’ध्य बनाएको एक अदालतले फै’सलामा उल्लेख गरेको छ । ती सैनिक पछि आफ्नो घरमा मृ’त अवस्थामा फेला परेका थिए । दक्षिण कोरियाको पहिलो तेस्रो लिंगी सैनिकको मृ’त्युको कारणबारे आधिकारिक जानकारी दिइएको छैन ।

तर, उनले आत्महत्या गरेको समाचारहरु प्रकाशित भएका थिए ।दक्षिण कोरियाको सेनामाथि आफ्ना महिला सैनिकको सु’रक्षा गर्न नसकेको आरोप लाग्दै आएको छ । सेनामा यौ’न दु’र्व्यवहारका घटना बाहिर आएपछि सांसदहरुले यो वर्ष का’नुन पारित गर्दै ती मु’द्दाको सुनुवाई ना’गरिक अदालतमा गर्नुपर्ने बनाएको छ । –बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *