छोरिको पेटमा बच्चा छ कस्को हो थाहा छैन, आँखा नदेख्ने एक वृद्धको बि’चल्ली (भिडियो हेर्नुस)

समाचार

गुल्मी जिल्लाको त्रिकोण गाउँपालिका १ का गोपाल सार्कीले २३ वर्षको उमेरमा नै आफ्नो आखाँको दृष्टि गुमाए । अहिले ७२ वर्ष पुगेका गोपाल सार्कि कयौं समयदेखी दुख भोग्दै बाचिरहेको बताउँछन । उनको घरमा न त राम्रो खाने नज थियो नत लगाउने लत्ताकपडा नै । साथै उनको साथमा एक छोरी छिन । ती पनि सुस्त मनस्थिति कि छिन । बिगत धेरै समयदेखी उनी तिनै छोरिका साथमा बस्दै आएका छ्न । तर यो उमेरमा त्यो पनि आँखा नदेख्ने उनी छोरिलाई पनि समल्दै आएका छन ।

एक छोरा र एक छोरि भएका गोपालका छोरा अहिले घर आएका छ्न । छोरी भने अहिले पेटमा बच्चा बोकिरहेको गोपालले बताए । सुस्त मनस्थिति रहेकी छोरी केही थाहा नपाउने भन्दै त्यसैको कसैले फाइदा उठाएको हुन सक्ने गोपाल बताउँछन । आफू पनि आँखा नदेख्ने, छोरी पनि सुस्त मनस्थितिको भएकोले केही थाहा नपाउने भएकोले कस्ले यस्तो गरेको हो भन्ने अहिलेसम्म कसैलाई थाहा नभएको गोपाल बताउँछन । आफु केही गर्न सक्ने भन्दै जे भए पनि भोग्दै जाने पर्ने उनी बताउँछन ।

गत दशैमा उनलाई केही सहयोगीहरुले सहयोग गरे पछि त्यसले दशैँ केही राम्रोसगँ बितेको र उक्त सहयोगले आफुले करिब ९ महिनासम्म खान पुगेको गोपाल बताउँछ्न । तर अहिले भने उनका छोरा पनि घर आएका छन ।

करिब ५ वर्ष पछि उनका छोरा घर आएको गोपाल बताउँछन । छोरा नहुदा धेरै दुख पाएका उनी आफै खाना बनाउने, घर सफा गर्ने इत्यादि काम गर्दै आएका छन । तर अहिले छोरा आउदा केही खुशी नै लागेको भएता पनि दुख भने उस्तै भएको उनी बताउँछन ।

छोरा काम गर्न हिड्ने गरेकोले आफैले घरमा खाना बनाउने लगाएतका काम गर्नु परेकोले छोरा घर आएको छ भन्ने बाहेक अरु केही नभएको उनी बताउछँन । उनका छोरा बिगत ५ वर्ष देखि भारत बस्दै आएको र उतै प्युठानकी केटि बिबाह गरेको गोपालले बताए । ५ वर्ष पछि घर आएका छोरा फेरि फर्किने उनले बताए । उतै बिबाह गरि छोरा छ भन्दै छोरा फर्किने बताएको गोपालको भनाई छ । आफ्नो भाग्यमा दुख लेखिएको भए पछि जसरी भए पनि भोग्नै पर्ने उनी बताउँछन ।

छोरा बुहारी तथा नातीलाई देख्न नसकेता पनि सगैँ बस्न मन भएता पनि छोराले उतै छोडेर आएको उनी बताउँछन । तर बुहारी र नातीको बोली भने फोनमा छोराले सुनाएको उनी बताउँछन । देख्न आफू नसक्ने, बोली सुनिहरेकैले अब त्यति मै चित्त बुझाउनु पर्ने उनी बताउँछन ।

गत वर्ष केही सहयोगी मनहरुले उनलाई दशैमा सहयोग पठाए पछि आफुले राम्रै सग दशै मनाएको उनले बताए । अहिले पनि थुप्रैले उनलाई दाल, चामल, नुन, तेल लगायतका थुप्रै खाद्यान्न सामाग्री तथा आर्थिक सहयोग पठाएका छन । केहिले भने निरन्तर सहयोग गर्ने वचन दिए पछि उनले सबै सहयोग गर्नेहरुलाई आभार प्रकट गरेका छन । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *