सूर्य थापाले भेटे संसद भवन अगाडिको सडक मै झन्डै भेटे रामधुलाई !

राजनीतिक खबर समाचार

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा झण्डै कु’टिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार सूर्य थापाको दिनदहाडै सातो टिपिएको हो ।

असोज दोस्रो साता नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पानीट्यांकी) को पारिपट्टी, मन्दिरसँगै पिपलबोटछेउको चियापसलमा एमालेसम्बद्ध केही पत्रकार चिया पिइरहेका थिए ।त्यहाँ ‘तामाकोशी सन्देश’ पत्रिका निकाल्ने रामचन्द्र बस्नेतसहितका चार–पाँचजना पत्रकार थिए ।

सूर्य थापा लखर–लखर हिँड्दै पुगे । रामचन्द्रले सोधे, ‘ओहो, काजी पनि सडकमा ?’सूर्यले भने, ‘म सडककै मान्छे त हुँ नि ।’ कुरैकुरामा रामचन्द्रले भने, ‘केपी ओली त त्यति बेठिक थिएनन्, सब तिमीहरूले ब’दनाम पारिदियौ । सूर्य थापा र विष्णु रिमालले हो नि केपीलाई सि’ध्याएको ।’

कुरा सुनेपछि सूर्यले रामचन्द्रलाई पत्रकार महासंघको चु’नावी प्रसंग निकाल्दै त’थानाम भन्न थाले ।महासंघको चु’नावमा रामचन्द्र प्रेस चौतारीको तर्फबाट काठमाडौं जिल्लामा सचिवका उम्मेदवार थिए । तर, सूर्यहरूले उनको टिकट खो’सेर विप्लवनिकट पत्रकारलाई आधिकारिक बनाए ।

रामचन्द्रको बागी उम्मेदवारी जारी थियो । उनले हारे ।सूर्यले भने, ‘कहाँ–कहाँ गएर चुनाव उठेर हार्छन्, अनि रि’स हामीलाई पोख्ने रु जसले उठायो, जसले ह’रायो, त्यसलाई गएर भन न । हामीसँग के किचकिच गरिराख्छौ ।’ त्यसपछि बसिरहेको ठाउँबाट रामचन्द्र जुरुक्क उठे ।

शुरुमा मु’ठ्ठी कसेर ता’क्न खोज्दै थिए ।पछि ‘‘बान‘’ भन्दै उ’फ्रिए । सँगै चिया पिइरहेका पत्रकारले रामचन्द्रलाई ताने । नत्र, उनले मु’ड्की बं’गारातिर सो’झ्याइसकेका थिए । अर्को हातले चिउँडोमा एक पञ्च हा’न्न खोज्दै थिए, सूर्यलाई स्कुटीमा

आएका एकजना सहयोगीले आफूतिर तानेर लगे रुखो बोल्ने सूर्यले मुख छाडेरै गा’ली गरेपछि असह्य भएर उनी मु’ड्की ब’र्जान क’सिएका थिए ।लेखाजोखान्यूजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *