धेरैपछि निर्मल निवास फर्किए पूर्व युवराज पारस, श्रीमतीको हातबाट खाए केक

समाचार

पूर्व युवराज पारस शाह धेरैपछि निर्मल निवास पुगेका छन्। आफ्नी श्रीमती हिमानी राज्यलक्ष्मीको जन्मदिनको अवसर पारेर उनी निर्मल निवास पुगेका हुन्। श्रीमती पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औं जन्मोत्सवका अवसरमा पारस शुभकामना दिन निर्मल निवास पुगेका हुन्।

स्रोतका अनुसार हिमानी निर्मल निवासमा हुँदा पारसलाई प्रवेश निषेध थियो। तर जन्मोत्सवका क्रममा परिवारका सदस्यसँगै पारस पनि देखा परेका हुन्। यससँगै दशकयता बिग्रिएको दम्पत्तीको सम्बन्धमा सुधार आएको बुझिएको छ। हिमानीले पूर्वराजारानी ज्ञानेन्द्र शाह र कोमलसँगै छोरा हृदयेन्द्र र पति पारससँग जन्मोत्सव मनाएकी थिइन्।

उनले केक काटेर जन्मोत्सव मनाएकी थिइन्। उक्त अवसरमा हिमानीले पारसलाई केक खुवाएकी थिइन्। पारस धेरैपटक विवादमा आइसकेका थिए। युट्युबर सोनिका रोकाया तथा अन्य युवतीहरुसँग पोखरामा रमाइलो गरिरहेका तस्बिरका कारण उनी विवाद आएका थिए।

हालै उनी बाइक चलाउँदा हेल्मेट बिना देखिँदा आलोचित बनेका थिए। उनले त्यसबेला प्रहरीलाई दुर्व्यवहार गर्नुका साथै हार्ले डेभिडसन चलाउनेले हेलमेट नलगाउने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *