तीव्र गतिमा फैलँदै सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रो’ग, तीन हप्तामा एकसय सङ्क्रमित

स्वास्थ्य खबर

पोखरा। विगत तीन हप्तामा सापु रो’गबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रो’गलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रो’गको जोखिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन् । भदौदेखि मङ्सिरसम्म सो रो’ग देखिने गर्दछ ।उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दुरगतिमा सुनिन्छ र भित्रि भागमा पि’प जम्दै जान्छ ।

नेपालमा सापु रो’ग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो । रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ । ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ । सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १ , वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बि’रामी बढी देखिएका छन् ।

उनले सबै सेतो पुतली हा’निकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झु’स हु’स हा’निकारक हुने गरेको बताइन् । अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन् । कतिपय अवस्थामा सेतो पुतलीको सं’सर्गमा नआएका मानिसमा पनि यो रो’ग देखा पर्न सक्ने जनाइएको छ ।

“पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झु’स, अण्डा र काउसो छाडेर गएको हुन्छ । हो त्यहीँबाट सापु रो’ग देखिने गर्दछ ।” उनले भनिन् । अचानक एउटा आँखा रातो हुनु, रातो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पि’प जमेर नानी सेतो हुनु, आखाँको ज्योति घट्दै जाने यस रो’गका लक्षण हुन् ।

एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ ।यस्तै सापुबाट आँखा सु’केर र कु’रुप समेत हुने जनाइएको छ । सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रो’ग लागेको शङ्का गर्नुपर्दछ ।

अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बि’रामीले श्यया भरिएका बताइएको छ ।नेत्र रोग विशेषज्ञ डा खरेलका अनुसार सापु रो’गका तीन अवस्था हुन्छन । पहिलो अवस्थामा आँखा रातो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ ।

सामान्य अवस्थामा उपचार गर्न सकेनौ भने आँखामा पि’प जम्न थाल्दछ । यसलाई मध्यम अवस्थाको सापु भनिन्छ । यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति जटिल अवस्थामा सापुको बि’रामी पुग्ने गर्दछन् ।पहिलो अवस्थामा आँखाका थोपा दिएर उपचार सम्भव हुन्छ । मध्यम अवस्थामा आँखाभित्र सुई लगाउनुपर्ने अवस्था आउन सक्दछ ।

मध्यम अवस्थामा आँखाको दृष्टि फर्कने आश लागेको उनले जानकारी दिइन् । उनका अनुसार अति जटिल अवस्थामा आँखाको सबै पत्रमा पि’प हुन्छ र जटिल श’ल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ । उपचार पनि खर्चिलो र दृष्टि कति फर्कन्छ भन्नेमा निश्चित भने हुदैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रो’ग बढी बालबालिकालाई लाग्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *