भर्खरै काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भयो यस्तो आदेश-

लकडाउन खबर

काठमाडौँ । काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भि’डभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा

जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले को’रोना भाइरसको संक्रमण अझै जारी रहेको भन्दै

स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व (दशैं, तिहार र छठ)मनाउन आग्रह गरेको छ। बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन आग्रह गरेका हुन्।

बिज्ञप्तिमा चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ-संस्था, उद्योगधन्दा-कलकारखाना र बैठक से’मिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।

यस्तो छ काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश:

Leave a Reply

Your email address will not be published. Required fields are marked *