बिना धितो वाणिज्य बैकले ३ प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण दिने, यसरी दिनुहोस् आवेदन

अर्थ खबर

काठमाडौ । उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Start–up Ideas Call) कार्यक्रम सुरु भएको छ।

सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (Startup Idea Call) कार्यक्रम सुरु गरेका हुन्।

काठमाडौंमा आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समुद्घाटन गर्नुभएको थियो ।

समुद्घाटनमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए। नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उहाँको भनाई थियो।

आयोजकका अनुसार २०७७ फागुन महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को www=startupideacall=org वेबसाइटमार्फत् नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत् बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *