बेलायतमा तेल अभाव : अवस्था सहज बनाउन सेना तयारी अवस्थामा

अन्तरास्ट्रिय

काठमाण्डाै – बेलायतमा तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेका छन् । खुलेका पम्पहरुमा लाइन तथा भीडभाड बढेको छ । केही पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबी सीले जनाएको छ । सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने बेलायत सरकारले जनाएको छ ।

तर व्यापारमन्त्री क्वासी कोर्टनले पर्याप्त आपूर्ति रहेको दाबी गर्दै नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ। आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको उहाँको भनाइ छ । डाक्टर र स्याहार केन्द्रका कर्मचारीले अत्या वश्यक सेवाका कर्मचारीलाई तेलको प्राथमिकतामा राख्न आह्वान गरेका छन् । बेलायतमा लरी चालक अभावले इन्धन र खाद्यान्न सङ्कट बढ्दै गएको छ ।

को’रो ना महामारीले चालक अनुमति पत्रको परिक्षा रोकिनु अनि ब्रेक्जिटका कारण यूरोपेली देशका कामदार स्वदेश फर्कनुलाई मुख्य कारण मानिएको छ । मालसामान ढुवानीमा समस्या हुँदा इन्धनका साथै खाद्यान्न समेतको अभावका कारण कतिपय सुपरमार्केटहरु रित्तिएका छन् । कतिपय ठूला ठूला फास्टफुडका मेनुहरु नै हटाइएका छन् । क्रिसमस नजिकिँदै गर्दा उक्त समयमा खाद्यान्न लगायतका सामग्रीहरुको ठूलो अभाव हुने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *