यस्तो थियो बुद्ध एअरको ल्याण्डिङको तयारी,तर सकुशल ल्याण्डिङ्ग हुन सफल(भिडियो हेर्नुहोस्)

समाचार

सुरक्षाकर्मीहरू तैनाथ थिए,ए’म्बु’लेन्स,द’म’क’ल, उ’द्धा’र सामाग्री सहित मानिसहरूको चहलपहल निकै देखिन्थ्यो।यस्तो दृश्य देख्दा सबैजना आ’त्ति’एका थिए।एअर होस्टेजहरू न’आ’त्ति’नुहोस् भन्दै थिए तर आफैं आ’ति’रहेका थिए।मेरो जीवनको अन्तिम दिन आजै रहेछ भनेर आकाशबाटै घरमा SMS पठाउने यात्रुको दर्दनाक काहानी, “जहाजभित्र त्रास फैलिसकेको थियो।

सबैजना रु’न थालिसकेका थिए। कतिले भगवान पुकारी रहेका थिए। काठमाडौं फर्किएपछि पनि ८/१० पटक प्रयास गर्नुभयो। जब मैले प्लेनबाट विमानस्थल भित्र नेपाली सेना, सुरक्षाकर्मी, एम्बुलेन्स देखेँ यसपछि अब बाँ’च्दिन भन्ने लाग्यो।

यसपछि जीन्दगी यति नै रहेछ भन्ने लाग्यो। कतिले ढोका खोल्नुस हामी हाम फाल्छौं समेत भने तर एयरहोस्टेजले नआँतिनुस्, सम्हालिनुस् सुरक्षित अवतरण हुन्छ, भनिरहेका थिए, एयरहोस्टेसको आँखामा आँ’सु थियो, तर हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो। यसपछि झन मनमा चिसो पस्यो। बाँचियो भने फेरी भेटौला भनेर घरमा म्यासेज टाइप गरेको थिए। धन्न सुरक्षित अवतरण भयो र बाँचियो।”

आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।जहाज सुरक्षित अवतरण भएकाले सम्भावित सं’कट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए ।सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।जहाजले आकाशमा धेरैबेर फन्कोलगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *