खेमबहादुर घर्तीको बयान- ‘श्रीपेच लगाएर नारायणहिटीबाट शा’सन चलाउन मन लाग्यो’

समाचार

काठमाडौं । रुकुमका खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे ।

राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, सिसाभित्र थियो, श्रीपेच । त्यसपछि उनको मा’नसपटालमा एकाएक राजा हुने सपना आउँछ ।मु’क्काले हि’र्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खु’कुरी राखेको सिसा फु’टाए ।

सिसाले हात का’ट्यो । र’गत बग्न थाल्यो तर, उनी रोकिएनन् । त्यसपछि खु’कुरीको सिसामा हि’र्काएर श्रीपेचको सो’केशतिर अघि बढे । यसअघि सिसा फु’टाएपनि उनले खु’कुरी निकाल्न असफल भए थिए। अघि बढेर श्रीपेचको सोकेशमा प्र’हार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो ।

काठमाडौंको म्हैपी बस्दै आएका घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चो’र्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, हालसम्मको अनुसन्धानमा त्यस्तो कुनै यो’जनाबद्ध ढंगले घर्तीले श्रीपेच चो’र्न खोजेको देखिएको छैन ।

प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।उनले अनुसन्धानमा ख’टिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् ।

परिवारले उनी मा’नसिक स’मस्या रहेको र नियमित औ’षधी सेव’न गरिरहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ ।साथै, घर्तीवि’रुद्ध सार्वजनिक सम्पत्ति तो’डफोड र सार्वजनिक हि’तविरुद्धको क’सुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *