स्वास्थानी माताको मुर्तीमा के भयो यस्तो ? स्थानिय बासीन्दा र संस्कृतिविद् पनि चकित्

धर्म दर्शन

काठमाडौँ । दोलखा भीमसेन, नाला भगवतीलाई बेला बेलामा पुसिना आउने कुरा त तपाईले सुन्नुभएकै छ । तर स्वस्थानी माताको मुर्तीमा पनि पसिना आएपछि स्थानिय छक्क परेका छन् । अब के होला भन्ने डर पनि छ । शनिवार बेलुका नित्य पुजा गर्ने बेलामा मन्दिरका पुजारीले माताको मुर्तीमा पसिना आएको देखेपछि सबैलाई खबर गरे ।

अनुहारमा आएको पसिना बग्दै तल सम्म पुगेको थियो । उनले रुमालले पुछिदिए । तर पनि आउन छोडेन । घटना सुनाउँदै मन्दिरका पुजारी मधु ढुंगानाले बताए । यस्तो खबर बाहिरिएपछि साँखु स्थित सालीनदि किनारमा रहेको मन्दिरमा भीड लागेको छ ।

संस्कृतिविद्हरुले स्वास्थानि माताको मन्दिरमा पसिना आउने कुरा धार्मीक ग्रन्थ र कथाहरुमा पनि नसुनेको बताएका छन् । अब के हुन्छ भन्ने कुरा भविष्यले देखिने उनीहरुको भनाई छ ।

पुजारीको कुरा सुनेर मन्दीर पुगेका स्थानियले पनि प्रत्यक्ष पसिना देखेको बताएका छन् । साँखुका स्थानीय बासिन्दा राकृष्ण लामिछानेले आफु हेर्न जाँदा पसिना बगिरहेको देखेको बताए । प्रत्येक वर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको मेला लाग्ने गर्दछ। तस्विर सौजन्य : रामकृष्ण लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *