२ करोड २४ लाख ९२ हजारको सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ

समाचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ परेका छन् । ३ किलो भन्दा बढीको सुनका गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका हुन् ।

तीन किलो तीन सय ६० ग्रामसुनसहित कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई पक्राउ गरेको हो। श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट विराटनगर जान लागेका २ जनालाई विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले पक्राउ गरेको हो।

आन्तरिक उडानबाट विराटनगर जान लागेका उनीहरुको साथबाट तीन किलो तीन सय ६० ग्राम सुन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।आन्तरिक टर्मिनलको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा उनीहरुले बोकेको लगेजमा शंकास्पद बस्तु रहेको संकेत मिलेको थियो।

सुरक्षा कार्यालयका अनुसार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा चेक गर्दा सुन देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।लगेज खोलेर हेर्दा ३ किलो ३६० ग्राम तौल भएको सुनका गरगहनाहरु फेला परेको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

बरामद सुनको बजार मूल्य अन्दाजी दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ हुन्छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको सुरक्षा कार्यालयले जनाएको छ ।यसअघि गत शुक्रबार

(भदौ १८ गते) श्री एयरलाइन्सकै उडानमार्फत काठमाडौंबाट बाँकेको नेपालगञ्ज (राँझा) विमानस्थल पुगेका २ जनालाई प्रहरीले ४ किलो बढी सुनसहित पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *