केपी ओलीका बडिगा’र्डले ठड्याए झम्सिखेलमा १० करोडको बंगाला !

समाचार

नेकपा एमालेका अध्यक्ष केपी ओली निकट रहेर राजनीति गर्ने कार्यकर्तादेखि उनको सुरक्षामा कार्यरत अधिकारीहरुसम्मले अ’कुत सम्पत्ति आर्जन गरेको खुलेको छ ।उनी निकट रहेर राजनीति गरिरहेका तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको कमलादीमा महल ठड्याउँदै छन् ।

सुर्य थापादेखि महेश बस्नेतसम्मले ओली सरकारको कार्यकालमा अ’कुत सम्पत्ति आर्जन गरेका छन् । महेश बस्नेतको नाममा हप्ता असुली गर्ने रुमेश कट्वाललाई मंगलबार नै महानगरीय प्रहरी अ’पराध महासाखाले पक्राउ गरेको छ । उनले जग्गा दिन्छु भनेर ६८ लाख रुपैयाँ ठ’गी गरेको पाइएको थियो ।

ओली कालमा सबैभन्दा रजाइँ गर्ने डिएसपी हुन–सन्तोष तामाङ । ओलीको गृहजिल्ला झापा घर भएका उनी ओलीको बडिगा’र्ड समेत हुन् । रसुवा जिल्लाको प्रहरी कमाण्ड सम्हाल्दा उनले खासा नाकामा त’स्करीको रुट चलाएको आरोप थियो । तैपनि ओलीको प्रिय पात्र भएका कारण उनलाई कुनै कारबाही हुन सकेन ।

उनै सन्तोष तामाङले उपत्यकामा बंगला खरिद गरेको पाइएको छ ।सामान्य त नेपाल प्रहरीको डिएसपीको तलब ४० हजार रुपैयाँ हुन्छ । यही तलबले काठमाडौंमा छोरी पढाउन र घर चलाउन मुस्किल छ । ईमान्दार प्रहरी अधिकारीलाई यही तलब अधिकारीलाई त दैनिकी चलाउनै धौ धौ छ ।

तर, डिएसपी तामाङले काठमाडौंमा करोडौंको बंगला खरिद गरेको खबर सार्वजनिक भएको छ ।तामाङले १० करोड मुल्य बराबरको घर खरिद गरेको सार्वजनिक भएको छ । ललितपुरको झम्सिखेलमा तामाङले करोडौँको बंगला खरिद गरेका हुन् । उनको घरले च’र्चेको जमिन नै ७ आना बराबर रहेको स्रोतले जनाएको छ ।

उक्त जग्गा र घर देखेर उनका समकक्षीहरु नै जिब्रो टो’क्ने गर्छन् ।उनी केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बडिगा’र्ड थिए । ओलीको सम्बन्धलाई भ’जाएर उनले रसुवाको क’माण्ड सम्हाल्ने अवसर पाएका थिए । तामाङले ठमेलमा गु’ण्डागर्दी गर्ने उमेश लामासँगको मिलेमतोमा ठेक्का पट्टामा समेत हात हा’लेको आरोप छ ।

उनीहरुद्वयको श्रीमतीको नाममा मल्टिपल जेभी र भण्डार फो’टुङ नामक कम्पनि रहेको स्रोतले बतायो ।ओलीकै निकट व्यापारीहरुले चलाएको बालुवाटारस्थित एक अनलाइनमा समेत उनको साझेदारी रहेको उच्च स्रोतको दाबी छ । उनको लगानी हेर्न उनले केही वर्ष अघि एक पत्रकारलाई ख’टाएको समेत उच्च स्रोतको भनाई छ ।दियो पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *