के आयो यस्तो रोग ? एकाएक बिरामी पर्न थाले मानिसहरु ? अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेपछी चिन्ता बढ्यो

स्वास्थ्य खबर

काठमाडौं । चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ ।

पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उहाँले जानकारी दिनुभयो ।भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उहाँले बताउनुभयो ।मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताउनुभयो । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उहाँको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सङ्ख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौैलाले जानकारी दिनुभयो ।

कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उहाँको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

थप समाचार : अब सरकारले क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार र विपन्न गरीब परिवारलाई १० हजार रुपैयाँका दिने, काठमाडौँ, २५ भदौ -सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीहरुलाई सरकारले मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेको छ । शर्माले विधेयक पढ्दै भने, ‘मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक रु. ५ हजारका दरले उपलब्ध गराइने भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

त्यसैगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए

। १२ कक्षाका विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ घोषणा गरिएको छ भने महिलाहरुका लागि ‘महिला पहिला कार्यक्रम’ ल्याइने अर्थमन्त्री शर्माले बताएका छन् ।शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरेको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *