२७ वर्षकी सीताको ४३ वर्षका पुरुषसंग बिवाह, त्यसपछि भयो नसोचेको घटना (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । २७ वर्षकी सिता भण्डारीको विवाह ४३ वर्षका टिकाराम पौडेलंग भएको धेरै समय भएको थिएन । उनीहरुको विवाह भएको दुई वर्ष पुरा पनि भएको थिएन । तर सीता भण्डारी मृ त फेला परेकी छन् । छोरीको अस्वभाविक निधन पछि माइती पक्षले घटनाको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् ।

तर सीता भण्डारीले देह त्याग गरेको दावी गरेका छन् । सीता झु ण्डि एको अवस्थामा फेला परिन् भन्दै उनका श्रीमानले बाहिर निस्केर आफन्तलाई फोन गरेका थिए । गत १९ गते उनी माइत गएकी थिइन् । उनलाई घरवाट जेठाजुको छोरीको जन्मदिन छ मनाउन आउ भनेर बोलाइएको थियो । तर उनी आएको भोलीपल्टै मृ त अवस्थामा फेला परिन् । तीज मान्न माइत गएकी उनलाइ घरमा बोलाएर घटना गराएको माइती पक्षको दावी छ ।

रुपन्देही तिलोत्तमा मणीग्राम ५ मा यस्तो घटना भएको हो । सीताको अस्वभाविक निधन पछि अहिले उनका आफन्तले आन्दोलन गरेका छन् । माइत तीज मान्न गएकी छोरीलाई योजना बनाएर घरमा बोलाएर घटना गराएको माइतीको भनाई छ । सीताको बुवाले भने, माइत मान्न छोरी आएकी थिइ, जेठाजुको छोरीको जन्मदिन छ भनेर फोन आयो म जान्छु भनेपछि छोरीसंग घरका सबैलाई कोशेली दिएर पठाए ।

तर छोरी घर गएपछि ज्वाईले गाडी लिएर ससुराली आएर मैले त रि ल्या क्सको जीवन बिताउने भएँ तपाईको छोरी बिचल्ली पर्ने भइन् भन्दै सुनाएर हिँडे । भोलीपल्ट ज्वाईले फोन गरेर तपाईहरु तुरुन्तै घर आउनु भनेर बोलाए । सम्धीनीलाई फोन गर्दा मलाई त केही थाहा छैन म त सु तेकी छु भनेर सम्धीनीले भनिन् । त्यसपछि घरमा माइती पक्षका जाँदा घर सुनसान थियो । तर आफुहरु पुगेपछि ज्वाइ पनि बाहिरवाट आए । अमाजु र परिवारका सदस्य पनि घरमा आइपुगे ।

ज्वाई आएर तुरुन्तै मेरो श्रीमती मा र्ने यहि विष्णु हो भन्दै ज्वाईले आफ्नी दिदीलाई देखाए पछि उनी छाँगावाट खसेजस्ता भए । उनले आफ्ना दाईलाई पनि मेरो श्रीमती त गै अब तैंले आफ्नो श्रीमती जोगा है भनेर पनि आफ्नै सामुन्ने भनेको सीताका बुवाले बताए । त्यसैले माइती पक्षले अमाजु लगायत परिवारका सदस्यको घटनामा हात रहेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *