काठमाडौं उपत्यकामा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! आयो यस्तो नियम कारबाहीमा परियाला ?

लकडाउन खबर

काठमाडौं उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरूद्ध रातिमा पनि कारबाही सुरू गरेको छ।

रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

महाशाखाका अनुसार कोटेश्वर-सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा उक्त अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ। त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरू गरेको उनले जानकारी दिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो। उक्त अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि सञ्चालन गरिएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *