मौका पाए फेरि सभामुखको टाउकोमा माइकले हान्छुः रेखा झा

समाचार

काठमाडौं । प्रतिनिधि सभा बैठकमै सभामुखलाई ताकेर माइकले हान्ने कोशिश गरेकी तर असफल भएकी एमाले सांसद रेखा झाले फेरी मौका पारेर सभामुख अग्नि सापकोटाको टाउँकोमा माइकले हान्ने बताएकी छन ।सभामुख अग्निप्रसास सापकोटाले पेलेर संसद बैठक अघि बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रोशित भएको छ।

शुक्रबार बसेको संसद बैठकमा एमाले सांसदलेको अवरोधबीच विभिन्न अध्यादेश पेश गरिएको छ भने अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पनि पेश गरिसकेका छन्। यी सबै काम एमालेका सांसदहरु आशनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहँदा भएका हुन्।

सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी एमाले सांसदहरुले आक्रोश व्यक्त गरिरहेका छन्।यस्तै एकजना सांसद हुन् एमाले सांसद रेखा झा। उनले शुक्रबारको बैठकमा सभामुख सापकोटातिर हान्न आसनको माइक नै तानेकी थिइन्।

तर त्यसलाई मर्यादापालकहरुले रोकिदिएका थिए। उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिलेको भए सभामुखको टाउकोमा हान्ने बताइन्।मिलेको भए त्यही माइकले म सभामुखको टाउकोमा हान्थेँ। सभामुखले संसदीय मर्यादा कायम राखेनन्, उनले भनिन्, अब मौका पाएँ भने म सभामुखको टाउकोमा हान्छु।

उनले दलले ह्विप उलंघन गर्ने सांसदलाई कारबाही गर्न पाउने जिकिर गरिन्। दलले सांसदलाई कारबाही गर्न पाउँछन्। तर सभामुखले माओवादीको निर्णय हतार हतार कार्यान्वयन गरे। एमालेको निर्णयलाई त्यतिकै राखेर अन्तिममा कारबाही नगर्ने निर्णय लिए।

नियम कानुन उलंघन गर्नेलाई हान्दा फरक नपर्ने उनले बताइन्। सभामुखखले संसदीय मर्यादा कसले कायम गर्न सकेनन्, उनले भनिन्, हामीले आज त माइक मात्रै तान्यौँ, अब मौका मिल्यो भने सभामुखलाई हान्छौँ। एमाले सांसदको हर्कत, गृहमन्त्रीको माइक खोसेर सभामुखलाई हान्ने प्रयास प्रतिनिधि सभाको बैठकमा सत्ता च्यूत भएको अवेशमा एमाले सांसदहरुले हर्कत देखाउन थालेका छन ।

सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँडको टेबलमा भएको माइक झिकेर रोष्ट्रमतर्फ सभामुखलाई हान्ने कोसिस गरेकी छिन ।प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले रोष्ट्रमबाट प्रतिस्थापन विधेयक पेश गरिरहँदा तल एमाले सांसदहरूको चर्को नारावाजी गरेका छन् ।

एमाले सांसदहरू आक्रोशित भए । मर्यादापालकसँग घम्साघम्सी चल्यो । यही क्रममा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोष्ट्रमतर्फ हान्ने कोसिस गरिन् । त्यही क्रममा एमालेका अन्य सांसदले उनलाई रोके । माइक झिकेर हान्न खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *