रोमानियामा नेपाली पुरुषका लागि खुल्यो रोजगारीको अवसर, काठमाडौमा कहाँ राख्ने सम्पर्क ?

रोजगार खबर

काठमाडौ । नेपालीहरुका लागि रोमानियमा जागिरको अवसर खुलेको छ । रोमानियाको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । रोमानियाको वर्कपावर एसएलआर कम्पनीले १०० नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ ।

कामदारले तलब खान बस्ने सहित ६४ हजार माथि देखि ६९ हजार पाउनेछन् । इच्छुक कामदारले हिमालयन भ्याली नेपाल प्रा ली गौशाला काठमाडौमा भदौ २४ गतेसम्ममा अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कमदार आफैंले बेहोर्नु पर्नेछ । यस्तै, स्वदेशमा हुने बिमा खर्च, विदेशमा हुने मेडिकल खर्च ,हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *