नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु, फुटबल हेर्न ओली दशरथ रंगशालामा

समाचार

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको आजको दोस्रो मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न पुगेका छन् । आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ । खेल अपरान्ह ५:३० बजेबाट शुरु भएको हो ।आजको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठलाई डिफेन्डरमा उतारेका छन् ।

यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा रहेका छन् भने फरवार्ड मनिष डाँगी, आयुष घलान, आशिष लामा रहेका छन् । नेपाली टोलीको कप्तानी समेत सम्हालेका किरणले गोलकिपरमा छन् ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ। यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा दुबै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *