चार किलोको सुनको जुत्ता लगाएर काठमाण्डौंबाट नेपालगञ्जसम्म जहाजमा सररर, प्रहरीले यसरी पार्‍यो झ्याप

समाचार

नेपालमा पछिल्लो समय मौलाएको ब्यवसाय भनेको सुनको त स्क री हो । बाँके प्रहरीले विमानबाट आएका दुई यात्रुलाई चार किलो सुन सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार दिएको जानकारी अनुसार, शुक्रबार काठमाडौंबाट श्री एअरको बिमानबाट नेपालगन्ज आएका झापा र मोरङका दुई जनाको त ला सी गर्दा जुत्ताको तलुवामा लुकाएर ल्याएको चार किलो काँचो सुन र अढाई तोला गहना बरामद गरिएको हो ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले झापाका लगुन विश्वकर्मा र मोरङका बुद्दीमान खातीलाई शुक्रबार दिउँसो ३ बजे नेपालगन्ज विमास्थलको आगमन कक्ष बाहिर पट्टी शंकास्पद रुपमा रहेको देखेपछि प्रहरीले सोधपुछ गरेको थियो ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दायाँ/वायाँ जुत्तामा सुनको २/२ विस्कुट र बुद्धिमान खातीले लगाएको दायाँ/वायाँ जुत्ताको तलुवामा १/१ पिस सुनको विस्कुट गरि जम्मा ६ थान सुनको बिस्कुट फेला परेको हो । उनीहरुको तुलनमा फेला परेको काँचो सुनको तौल काँचो सुन ३ किलो ९९४ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।

बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा थप तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थान गहना पनि बरामद भएको छ । उक्त गहनाको तौल २७.४९ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट कुल ४ किलो २१.४९ ग्राम सुन प्रहरीले फेला पारेको हो । बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी दिएका छन् । दैनिक नेपालगञ्जबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *