कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

शैक्षिक खबर

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले रो’किएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि साउन ३१ गतेदेखि हुने गरी नि’र्धारण भएको परीक्षा को’रोना महामारीलाई दे’खाउँदै स्थ’गित भएको थियो।

बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र को-भि’ड- १९ सं’कट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

परीक्षाको रु’टिनसमेत बोर्डले प्रकाशित गरेको छ । परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको ‘संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रे’डवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र

कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन हुनेछ,’ बोर्डले भनेको छ। सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई को’रोनावि’रुद्धको खोप अभियानसमेत सञ्चालन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *