सुनको मूल्य घट्यो, तोलाको कति ?

समाचार

काठमाडौं । स्थानीय बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार तेजाबी सुन ९० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १२ सय ५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेको हो। आज चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

थप समाचार : काठमाडौं महानगरले आशिंक रुपमा उठाउन थाल्यो फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौंमा फोहोर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहोर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ ।

गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो, भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए ।

जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिए । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ ।

यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *