भोलि सार्वजनिक बिदा दिने निर्णय (सूचनासहित)

समाचार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले गाईजात्रा र कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गते गाईजात्राको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो । यसवर्ष भदौ १४ गते परेको कृष्ण जन्माष्टमी पर्वमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको प्रवक्ता कार्कीले बताएका छन् ।

जापानले दिएको एस्ट्राजेनेकाको बाँकी खोपको मात्रा भदौ पहिलो साताभित्र नेपाल आइपुग्ने
जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको बाँकी मात्रा भदौ पहिलो हप्ताभित्र नेपाल आइपुग्ने भएको छ ।जापानले नेपाललाई १६ लाख १४ हजार ७४० लाख डोज एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । जसमध्ये साउन २३-२४ गते दुई खेपमा ५० प्रतिशत अर्थात ८ लाख डोज एस्ट्राजेनेका खोप नेपाल भित्रिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेर श्रेष्ठले जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोपको बाँकी मात्रा (५० प्रतिशत) भदौ ५–७ गतेभित्र नेपाल आइसक्ने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘जापान सरकारको अनुदानमा प्राप्त १६,१४,७४० मात्रा एस्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको ५० प्रतिशत खोप भदौ ५–७ गतेभित्र काठमाडौं ल्याइने भएको छ । यसअघि साउन २३ र २४ गते खोप प्राप्त भएको थियो । जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद ।’

जापान सरकारको अनुदानमा प्राप्त १६,१४,७४०मात्रा अष्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको पचास प्रतिशत खोप भाद्र ५-७ गते भित्र काठमाडौं ल्याइने भएको छ। यसअघि जापानबाट साउन २३-२४मा खोप प्राप्त भएको थियो। जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *