काबुलबाट विमानको च`क्कामा लुकेर भाग्न खोज्ने अफगानी नागरिक आकाश बाट खसेको दाबी

अन्तरास्ट्रिय

अफगानिस्तान तालिबानको क`ब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखि`ममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सैन्य जहाजको च`क्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।

काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि आएको छ । जसमा मानिसहरू खस्दै गरेको देख्न सकिनेदै निक भास्करमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

उनीहरू सैन्य विमानको टायरमा बसेर भाग्न खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । विमान आकाश`मा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिका`रिक पुष्टि भने हुन सकेको छैन ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमान`स्थल अमेरिकी सैनि`कको नियन्त्र`णमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृ`त्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक स`ञ्जा`लमा सेयर गरिएको भिडि`योमा भुइँमा शवहरू देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *