संसदमा च’र्का’चर्की: आफ्नै पार्टीको सरकारलाई गगनको कडा चे’ताव’नी, यो सरकारलाई यस्तो अप’राध गर्ने छुट छैन (भिडियो हेर्नुहोस)

विचार

संसदमा च’र्का’चर्की: आफ्नै पार्टीको सरकारलाई गगनको कडा चे’ताव’नी, यो सरकारलाई यस्तो अप’राध गर्ने छुट छैन (भिडियो हेर्नुहोस)

संसदमा च’र्का’चर्की: आफ्नै पार्टीको सरकारलाई गगनको कडा चे’ताव’नी, यो सरकारलाई यस्तो अप’राध गर्ने छुट छैन (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्


याे समचार पनि पढ्नुहोस्
चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङसँग सीमा जोडिएको उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालय लामो समयदेखि कर्मचारी विहीन बनेको छ ।

एकजना शाखा अधिकृत सहित ७ जनाको दरबन्दी रहेको मुस्ताङ भन्सार कार्यालय कोरोना कहरका कारण अन्तरदेशीय ब्यापार मेला संञ्चालन हुन छोडेपछि भन्सार विभागले कर्मचारी पठाउन छोडेको हो ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फ दुई देशबीच आन्तरिक ब्यापार मेला प्रयोजनका लागि सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ गापा नेचुङमा भन्सार कार्यालय स्थापना गरेको थियो । विगतका वर्षमा प्रायः असार र भदौ गरी दुई पटक ७/७ दिन संञ्चालन हुने अन्तरदेशीय ब्यापार मेलाका समयमा भन्सार प्रशासनका लागि विभागले कर्मचारी खटाउने गरेकोमा विभागमा जनशक्तिको कमी तथा कोरोना कहरका कारण विगत ३ वर्षयता मुस्ताङ भन्सार कार्यालय बन्द भएपछि कर्मचारी पठाइएको छैन ।

चार दशक लामो इतिहास रहेको मुस्ताङ भन्सार कार्यालयमा एक जना लेखापाल र कार्यालय सहयोगी मात्र हाजिर छन् । विगत ३ वर्षदेखि कोरला नाका पूर्ण रुपमा बन्द भएकाले मुस्ताङ भन्सार कार्यालय निस्क्रिय रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङ भन्सारका लागि खटाइएका लेखापाललाई कोष तथा लेखा नियन्त्रक कार्यालय र अन्य सरकारी कार्यालयको कामकाजमा खटाइएको छ भने कार्यालय सहयोगीले नेचुङमा रहेको कार्यालय रेखदेख गरी बसेका छन् । मुस्ताङ भन्सार कार्यालयको सदरमुकाम जोमसोममा ७ रोपनी जग्गा भए पनि वर्षौँदेखि भाडाको घरमा सम्पर्क कार्यालय संञ्चालन गरिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *