अमेरिकी दूतावासले डीभी विजेतालाई भिसा दिन थाल्यो

समाचार

अमेरिकी दुतावासले गत मे महिनासम्म सन् २०२१ को डीभी विजेताहरुलाई भिसा जारी गरेको छ ।मे महिनासम्म सन् २०२१ का डिभी विजेताहरुलाई भिसा जारी नगरेको अमेरिकी दूतावास काठमाडौंले अन्तत डिभी विजेताहरुलाई सिमित संख्यामा भिसा जारी गरिरहेको छ ।

जुनमा १६ जना डिभी विजेताहरुले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गर्न सफल भएका छन् ।जुलाईमा पनि सिमित संख्यामा डिभी विजेताहरुलाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा जारी गरिरहेको छ । तर अहिलेसम्म जुलाईमा कतिजनालाई भिसा जारी गरियो भन्ने विवरण भने प्राप्त भएको छैन ।

अगस्त र सेप्टेम्बरका लागि पनि केही डिभी विजेताहरुका लागि भिसा अन्तरवार्ता तय गरिएको छ ।अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार विश्भरबाट गत महिना डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या भने २३ रहेको छ ।

गतमहिना काठमाडौंको दूतावासले कुल ३२९ जनालाई आप्रवासी भिसा जारी गरेको छ । जसमा सबैभन्दा धेरै अमेरिकी नागरिकका बुबाआमा १९५ जना रहेका छन् ।काठमाडौंको दूतावासले देशीय कोटाबाहेकको अपवादमा परेका १६ जना ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुलाई पनि गत महिना आप्रवासी भिसा जारी गरेको छ ।

तर ठूलो संख्यामा अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरु भिसाको प्रतिक्षामा रहेका कारण र ब्याकलग चर्को रहेका कारण मारमा परेका छन् ।अमेरिकी विदेशमन्त्रालयले अदालतमा पेश गरिएको कागजात अनुशार विश्वभरबाट जुलाई ८ सम्म आर्थिक बर्ष २०२१ का ४ हजार ३ सय ५ जनाको डाइभर्सिटी भिसा आवेदनहरुबारे निर्णय गरिएको छ ।

जसमध्ये ३ हजार ५ सय ६ जनाले भिसा प्राप्त भएको अदालतमा ब्यूरो अफ कन्सुलर अफेयर्सको अफिस अफ डोमेस्टिक अपरेशन भिसा अफिसका अधिकारीका तर्फबाट अदालतलमा पेश गरिएको विवरणमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *