ट्राफिक प्रमुखको घरमा सुनको शौचालय, खुल्यो यस्तो रहस्य

रोचक खबर

यी ट्राफिक प्रहरी प्रमुख हुन् । यीनको निवास विलासी सामानले भरिएको भेटिएको छ । अनियमितताको आरोपमा रुसको स्टाभरोपोल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख एलेक्सी साफोनोभलाई प’क्राउ गरिएको छ ।

अनुसन्धान कमिटीले उनको घरमा सुनको शौचालय समेत फेला पारेको छ । प्राचीन महङ्गा सामानहरु घरमा भेटिएका छन् । उनले अनियमितताबाट सम्पत्ति जोहो गरेका हुन् ।साफोनोभसहित ६ प्रहरी प’क्राउ परेका छन् । उनीहरुलाई साँढे २ लाख डलर बराबरको रकम घूस लिएको अभियोगमा प’क्राउ गरिएको हो ।

३५ भन्दा बढी प्रहरी अनुसनधानको दायरामा ल्याइएका छन् । साफानोभको आलिसान महल दरबार जस्तै थियो । बाथरुम कुनै दरबारको बैठक कक्षभन्दा पनि सानदार देखिन्थ्यो ।

थप समाचार –बलिउडका चर्चित अभिनेता हुन् अक्षयकुमार । हरेक फिल्मबाट महंगो पारिश्रमिक बुझ्ने अक्षय पछिल्लो एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गइरहेका छन् । यस्तै हालै उनको एक नयाँ खबर बाहिरिएको छ । उनी फेरि एकपटक फिल्ममा भगवानको भूमिकामा देखिने भएका छन् ।

भारतिय मिडियाका अनुसार उनी फिल्म ‘ओ माई गड २’मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिने भएका हुन् । केही सायअघिदेखि नै फिल्म ‘ओ माई गड २’को निकै चर्चा चलिरहेको थियो । यस पटक भने अक्षयकुमारसँग परेश रावल नदेखिने बताइएको छ ।

रावलको स्थानमा पंकज त्रिपाठी आएको बताइएको छ । फिल्मका निर्देशकमा अमित राय रहनेछन् । यसअघिको पहिलो भागलाई उमेश शुक्लाले निर्देशन गरेका थिए । फिल्ममा अक्षयकुमार, पंकज, यामी गौतम लगायतका कलाकारको भूमिका रहनेछ । फिल्मको सुटिङ भने अगस्टबाट गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *